Logo

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहित सबैजसो प्रमुख विदेशी मुद्राहरू थप महँगिएका छन् ।

पछिल्ला केही दिनदेखि लगातार बढिरहेको विदेशी मुद्राको मूल्यले आज पनि निरन्तरता पाएको हो, जसअनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा पुगेको छ ।

त्यस्तै, युरोको बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, पाउन्ड स्ट्रलिङको २०६ रुपैयाँ ५९ पैसा र अस्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा कायम भएको छ । खाडी मुलुकका मुद्राहरू पनि महँगिने क्रममा कुवेती दिनारको बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा तथा बहराइन दिनारको ४०९ रुपैयाँ २८ पैसा पुगेको छ ।

राष्ट्र बैंकले यो दर आवश्यकतानुसार जुनसुकै बेला परिमार्जन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक हुन सक्ने जनाएको छ ।


सम्बन्धित समाचार