३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
प्रधामन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ ।
छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ ।
छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी छन् ।



















