३२ असार,काठमाडौं । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको हो।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।
सर्वोच्च अदालतले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै कोइरीको रिहाइका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने भएको छ।



















