Logo

८ साउन, काठमाडौं । उपत्यकामा हुने गुण्डागर्दी र विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले १८ सय ७१ जना आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विस्तृत ‘प्रोफाइल’ तयार पारेको छ ।

काठमाडौँ प्रहरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपत्यकाभित्र आपराधिक क्रियाकलापमा सक्रिय तथा शङ्कास्पद व्यक्तिहरूको विवरण एकीकृत गरी अभिलेख राखिएको जानकारी दिएको हो ।

प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटना घट्नासाथ अभियुक्तहरूको त्वरित पहिचान गर्न र उनीहरूलाई कानुनी दायरामा ल्याउन सजिलो होस् भन्ने उद्देश्यले यो कदम चालिएको हो ।

प्रहरीले तयार पारेको उक्त प्रोफाइलमा सम्बन्धित व्यक्तिहरूको तीन पुस्ते विवरणका साथै उनीहरू संलग्न रहेका कसुरको प्रकृति र पटके अपराधको अभिलेखलाई समेत वर्गीकरण गरी समावेश गरिएको छ। यस प्रकारको एकीकृत तथ्याङ्कले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रहरीको विश्वास छ ।


सम्बन्धित समाचार