Logo

८ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका–३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ ।

वडा कार्यालयबाट स्थायी लेखा नम्बर बन्द गर्नेसम्बन्धी सिफारिसपत्र बनाइदिने बहानामा सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

सेवाग्राहीलाई विभिन्न बहानामा दुः ख(हैरानी दिँदै भट्टराईले घुस मागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस बापतको रकमसहित वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान अघि बढाइएको छ ।


सम्बन्धित समाचार