Logo

८ साउन, काठमाडौं । सिरहाको लहानमा प्रहरीको गोली लागेर लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये एक जना कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त रहेको खुलासा भएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २२ वर्षीय विद्यानन्द यादव, सप्तरीका ४० वर्षीय मो। नसिर, २८ वर्षीय शम्भुप्रसाद यादव, २८ वर्षीय मो। जमाहिर आलम, ३२ वर्षीय मो. इमामुदिन र २४ वर्षीय वैधनाथप्रसाद यादव रहेका छन् । ब्युरोका अनुसार नियन्त्रणमा लिने क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सुरुमा ५ राउन्ड हवाई फायर गरिएको थियो ।

हवाई फायर गर्दा पनि अटेर गरेपछि प्रहरीले गोली चलाउँदा मो. नसिरको बायाँ र भारतीय नागरिक विद्यानन्द यादवको दायाँ खुट्टामा गोली लागेको छ। प्रहरीले उनीहरूको कब्जाबाट २४३ ग्राम घातक लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका मो. नसिर सप्तरीमा भएको एक व्यक्ति हत्याको मुद्दामा अदालतबाट दोषी ठहर भई २५ वर्षको जेल सजाय पाएका व्यक्ति भएको खुलेको छ । सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार रहेका थिए । ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार कारागारबाट भागेपछि नसिर लागुऔषधको अवैध कारोबारमा सक्रिय रहँदै आएका थिए ।


सम्बन्धित समाचार