Logo

२ जेठ,वीरगञ्ज ।  महोत्तरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।लोहरपट्टी नगरपालिका–४ स्थित गेउरका खोलामा डुबेर ११ वर्षीय बालक सिदार्थ मण्डलको मृत्यु भएको हो।

उनी सोही ठाउँका धनबिर मण्डलका छोरा हुन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार खोलामा डुबेर अशक्त भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार