Logo

५ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मंगलबार संघीय संसद्‌मा फरक शैलीमा प्रस्तुत भएका छन् ।

राष्ट्रिय सभाको बैठकमा कालो पोशाक लगाएर पुगेका ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने इच्छा राखेको खुलासा गरेपछि संसद्‌मा नयाँ बहस सिर्जना भएको छ । उनले आफ्नो यो पोशाक पूर्वराजासँगको सम्भावित भेट र राजतन्त्र फर्किन लागेको संकेतको सांकेतिक प्रदर्शन भएको टिप्पणी गरे ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफ्नो बहुआयामिक पहिचानको चर्चा गरे र आफूलाई केही विशेष गतिविधिहरूको जानकारी हुने दाबी गरे । ूज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो,’ उनले भने, ‘आज म यो ड्रेस लगाएर आएको छु, हेरौँ उहाँको याद आउँछ कि वा भेट हुन्छ कि ? राजतन्त्रको संकेत गर्दै उनले लगाएको कालो पोशाकले वर्तमान राजनीतिक वृत्तमा निकै कौतुहलता जगाएको छ ।

सम्बोधनका क्रममा ठाकुरले ुपराधीन सपनामा सुख छैनु भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति कडा असन्तुष्टि समेत पोखे । उनले मानिसहरू सपनामा समेत पीडित हुनुपर्ने अवस्था आएको भन्दै नागरिकको आत्मसम्मान र स्वतन्त्रतामाथि प्रश्न उठाएका छन् ।

उनको यो रहस्यमय अभिव्यक्ति र कालो पोशाकको प्रदर्शनलाई विश्लेषकहरूले वर्तमान व्यवस्थाप्रतिको वितृष्णा र सम्भावित राजनीतिक धु्रुवीकरणको रूपमा अर्थ्याएका छन् ।


सम्बन्धित समाचार