Logo

६ जेठ,काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपाल मा डीएसपीदेखि एआईजी दर्जासम्म व्यापक बढुवा सिफारिस गरिएको छ । विभिन्न समूह तथा प्राविधिकतर्फका अधिकृतहरू बढुवाका लागि सिफारिस भएका हुन् ।

डीआईजी अञ्जनी कुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

साधारण समूहका एसएसपी राजेन्द्र खड्का डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । उनी डीआईजीमा सिफारिस भएपछि सोही समूहका एसपी सञ्जय भट्टराई एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

कानून समूहका एएसएसपी युवराज अर्याल डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । अर्याल डीआईजीमा सिफारिस भएपछि कानून समूहकै एसपी छविलाल पाण्डे एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

प्राविधिक सञ्चारतर्फ इन्जिनियरिङ समूहका डीएसपीहरू सौरभराज वन्त, ज्ञानेन्द्र राजभण्डारीअजित मास्के एसपी बढुवाका लागि सिफारिस भएका छन् ।

लेखा समूहतर्फका इन्स्पेक्टर विजय कुमार केसीविकाश थापा डीएसपी बढुवामा सिफारिस भएका छन् ।

प्राविधिक स्वास्थ्य समूहतर्फका डीएसपी डा. स्वेता श्रेष्ठडा. उत्तम कार्की एसपी बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै साधारण समूहका डीएसपी राजकुमार ढकालगणेशबहादुर मल्ल पनि एसपी बढुवाका लागि सिफारिस भएका छन् ।


सम्बन्धित समाचार