Logo

८ जेठ,काठमाडौं । यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र सोहीअनुसार जेठ १४ गते बिदा दिइएको हो।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा यसअघि नै सार्वजनिक बिदा घोषणा भइसकेको छ। जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा पर्ने भएकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।

यससँगै सरकारी कार्यालय, शैक्षिक संस्था तथा धेरै निजी क्षेत्रका कार्यालयहरू चार दिनसम्म बन्द रहनेछन्।


सम्बन्धित समाचार