Logo

१७ वैशाख, वीरगञ्ज। पर्सा प्रहरीले बिलबिजक भन्दा बढि औषधी तथा खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगर–८ घण्टाघरस्थित सडकखण्डबाट ना ४ ख ८७४० नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

विलबिजक भन्दा बढि विभिन्न किसिमका औषधी तथा खुद्रा मालवस्तुहरु बोकेको ट्रक वीरगञ्जबाट रुपन्देहीतर्फ जादैँ गरेको सूचनाको आधारमा गत शुक्रबार उक्त ट्रकलाई चेकजाँचका लागि घण्टाघर चोकमा रोकिएको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद ट्रक सहित सामानहरुको मूल्याङकन ६२ लाख ८ हजार ५ सय ९३ कायम गरि थप अनुसन्धान तथा कारवाहीको लागि हिजो राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार