Logo

११ जेठ, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबिच सोमबार बिहान शिष्टाचार भेटवार्ता भएको छ ।

सभामुख अर्याल उपराष्ट्रपति यादवलाई भेट्न लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । सभामुखको सचिवालयका अनुसार उनीहरू बिचको भेटवार्ता हार्दिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनका विषयमा विस्तृत छलफल भएको थियो ।

दुवै पदाधिकारीबिच राज्यका लोकतान्त्रिक संस्थाहरूलाई थप सबल र सुदृढ बनाउने तथा संसद्लाई जनताप्रति उत्तरदायी र जनमुखी बनाउने विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ । यसका साथै देशमा राजनीतिक स्थायित्व कायम गर्दै राष्ट्रिय मुद्दाहरूमा साझा दृष्टिकोण बनाएर अघि बढ्ने विषयमा समेत उनीहरूबिच ऐक्यबद्धता रहेको थियो ।


सम्बन्धित समाचार