Logo

१७ जेठ, चितवन ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवाद दुःखद घटनामा परिणत भएको छ। आफ्नै बुबाको खुर्पा प्रहारबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले शुक्रबार राति करिब १० बजे घरमै भएको विवादका क्रममा ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए। प्रहारबाट शंकरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएका शंकरलाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति १०:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा प्रयोग गरिएको खुर्पा बरामद गर्नुका साथै आरोपी डम्मर गिरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

हाल गिरीलाई हिरासतमा राखी घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार