Logo

१८ जेठ, काठमाण्डौ । संसद् जस्तो गरिमामय थलोमा उच्छृङ्खल र अमर्यादित व्यवहार देखाउने सांसदहरू अब कानुनी फन्दामा पर्ने भएका छन् ।

बैठकमा मर्यादा भुलेर ‘ नाटक ’ प्रदर्शन गर्ने सांसदहरूमाथि सूक्ष्म अनुसन्धान गर्नका लागि एउत्ता उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले संसद्को साख गिराउने र नियम मिच्नेहरूलाई पाठ सिकाउन भन्दै यो कडा कदम चालेका हुन्।
उनले संसद्‌लाई जानकारी गराउँदै यो समितिलाई जम्मा ७ दिनको ‘डेडलाइन ’ दिइएको बताएका छन् ।

अबको एक हप्ताभित्र समितिले कसले के–के बदमासी गर्‍यो भन्ने कुराको दूधको दूध, पानीको पानी छुट्याएर सभामुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।

जनताको आवाज उठाउने थलोलाई रणभूमि जस्तो बनाउने सांसदहरूमाथि यो छानबिनले कस्तो कारबाही हुन्छ, त्यो भने प्रतिवेदन आएपछि नै प्रष्ट हुनेछ ।


सम्बन्धित समाचार