Logo

२० वैशाख, वीरगञ्ज ।वीरगञ्ज महानगरमा चालु आर्थिक वर्षमा व्यवसाय दर्ता गर्ने मानिसहरुको सङख्या बढेको छ । महानगरमा चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा व्यवसाय दर्ता गर्नेको संख्या ५० प्रतिशतले बढेको हो ।

महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आर्थिक वर्ष २०७५÷०७६ मा महानगरमा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएको जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्ष ०७९/०८० को साउनदेखि बैशाख मध्यसम्मको अवधिमा उक्त सङख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको बताउनुभयो । महानगरपालिकाले दिएको तथ्याङक अनुसार पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएको उल्लेख छ ।

व्यवसाय दर्तालाई प्रभावकारी बनाउन हाल वीरगञ्ज महानगरले छुट्टै टोली नै परिचालन गरिएको अधिकृत पौडेलको भनाई छ । उक्त टोलीले स्थलगत रुपमै उद्योग तथा पसलमा पुगेर नयाँ दर्ता तथा व्यवसाय नविकरण गर्ने गरिएको पौडेलले जानकारी दिनुभयो ।

यस्तै व्यवसाय दर्ताबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्म भने २ करोड १४ लाख रुपैयाँ राजश्व संकलन गरिएको छ ।


सम्बन्धित समाचार