Logo

२७ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधिसभालाई औपचारिक जानकारी गराएका छन् ।

बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खनालले भ्रमणका क्रममा भएका छलफल र त्यसबाट प्राप्त उपलब्धिबारे सदनलाई अवगत गराएका हुन् । दुई दिने भारत भ्रमण दुई देशबीचको सामूहिक हित प्रवर्द्धन गर्ने उद्देश्यमा केन्द्रित रहेको उनले बताए ।

भ्रमणको मुख्य उपलब्धिका रूपमा मन्त्री खनालले नेपाल र भारतबीच भएका तीन बुँदे घोषणालाई उल्लेख गरेका छन् । साझा चासो र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै मुलुक सकारात्मक रहेको जानकारी दिँदै उनले यस भ्रमणले दुई देशबीचको संवादमा नयाँ आयाम थपेको विश्वास व्यक्त गरे ।
पछिल्लो समय सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा सिर्जित बहसका बीच भएको मन्त्री खनालको यो आधिकारिक जानकारीलाई निकै महत्त्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार