Logo

२७ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिका कारण संसद्लाई लामो समय बन्धक बनाइराख्न नहुने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले …नेपालले भारतको सीमा मिचेकोÚ भनी दिएको अभिव्यक्ति आपत्तिजनक भए पनि अब सोही विषयमा मात्रै संसद्को अमूल्य समय खर्चिन नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति कटाक्ष गर्दै नेता आङ्देम्बेले भने,प्रधानमन्त्रीलाई सदन नचाहिएला तर प्रतिपक्षीका लागि संसद् अनिवार्य छ । प्रधानमन्त्री शाहको अप्रत्याशित र अनपेक्षित अभिव्यक्तिलाई …छापामार शैली को संज्ञा दिँदै उनले भने, …प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर छ, त्यसैले म उहाँलाई मात्र खोज्ने भन्दा पनि मुलुकका जल्दाबल्दा मुद्दाहरूमा केन्द्रित हुन चाहन्छु ।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै आएको कांग्रेसले अब भने सोही विषयमा मात्र अल्झिएर संसद्को गरिमा र समय खेर फाल्नु नहुने भन्दै सदन सुचारु गर्न लचकता अपनाएको छ ।

सदनमा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच सहमति जुटिसकेको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भइरहने अवस्थाको अन्त्य गरेको हो । प्रधानमन्त्रीको जवाफदेहितामाथि प्रश्न उठाउँदै उनले सदनमा प्रश्नहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि ठूलो हुने जिकिर गरे ।


सम्बन्धित समाचार