Logo

२९, जेठ काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व हिनामिना गरेको गम्भीर आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गर्नुभएको हो । बजेटमा करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजस्व हिनामिना गरेकाले संसदीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताउनु भयो ।

सांसद बरालले विगतको इतिहास देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको वर्तमान गल्ती र कमजोरीबाट उम्किन नपाउने स्पष्ट पार्दै उहाँले विगतमा त्यस्ता कुनै घटना भएका भए त्यसको छानबिनको दायरामा आउन प्रतिपक्ष दलहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो ।

सांसद बरालले बजेट र करको दरमा भएको भनिएको यो बदमासीलाई सदाका लागि अन्त्य गर्न पनि संसदीय छानबिन समिति अनिवार्य रहेको जिकिर गर्नुभयो ।

यसका साथै सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानबिन प्रक्रिया अगाडि बढाउन र संसद्मा तत्काल कदम चाल्नका लागि सभामुख डोलप्रसाद अर्यालको गम्भीर ध्यानाकर्षण समेत गराउनु भयो ।


सम्बन्धित समाचार