Logo

२९ जेठ,काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरिएको छ।

सरकारका अनुसार संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद एक महिना थप गरिएको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको उक्त कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय भएको हो।

यस्तै, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सो आयोगको प्रतिवेदन २०५२ सालको भएको उल्लेख गरिएको छ।

त्यसैगरी, लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताल लाई मनोनयन गर्ने निर्णय गरिएको छ।

सरकारले यी निर्णयलाई प्रशासनिक सुधार, नीतिगत निरन्तरता र संस्थागत सुदृढीकरणतर्फको कदमका रूपमा व्याख्या गरेको छ।


सम्बन्धित समाचार