२९ जेठ,काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले बालेनले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता विचार राख्ने व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे।
उनले संसद्भित्र आवश्यक विषयमा सशक्त रूपमा आवाज उठ्ने वातावरण नरहेको दाबी गर्दै अब जनताले वास्तविकता बुझ्नुपर्ने बताए।
बस्नेतले भने, “सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले योभन्दा बढी बुझ्नुपर्ने केही छैन। अब बालेन सरकारलाई ६ महिना पनि टिक्न नदिने गरी भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा अझ सशक्त आन्दोलन एमालेको नेतृत्वमा गर्न आवश्यक छ।”
उनले पार्टीभित्रको एकता र संगठनलाई थप मजबुत बनाउँदै आगामी राजनीतिक चुनौतीहरूको सामना गर्नुपर्नेमा समेत जोड दिएका छन्।
















