Logo

१ असार, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का एक जना सञ्चालक बालबालिकामाथि दुर्व्यवहार गरेको गम्भीर आरोपमा पक्राउ परेका छन् । प्रहरीले इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार, संस्थामा आश्रित र अध्ययनरत बालबालिकाहरूले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै दिएको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । “बालबालिकाहरूबाट प्राप्त उजुरी र प्रारम्भिक तथ्यका आधारमा उनलाई केही दिनअघि नियन्त्रणमा लिइएको हो,” एसपी भट्टराईले भन्नुभयो, “अहिले उनीमाथि हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।”

प्रहरीले पक्राउ परेका श्रेष्ठविरुद्ध बालबालिका सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । धार्मिक तथा आध्यात्मिक शिक्षामार्फत बालबालिकाको संरक्षण र संस्कार सिकाउने भनिएको प्रतिष्ठित संस्थाभित्रै संरक्षणमै रहेका बालबालिका असुरक्षित भएको घटना बाहिरिएपछि स्थानीय स्तर र सामाजिक वृत्तमा यसको लोचना भइरहेको छ ।


सम्बन्धित समाचार