Logo

१, हसार काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दै छ ।

प्रदेश सरकारको बजेट सार्वजनिक गर्नका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आर्थिक सर्वेक्षण र बजेट पेस गर्नेछन् । आगामी आर्थिक वर्ष बजेटको आकार बढाएर ३४ अर्ब हाराहारी ल्याइँने आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका बताएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०८३र८४ का लागि १७ अर्ब २० करोड रुपैयाँभन्दा बढी संघीय अनुदान प्राप्त गर्ने भएको छ ।

संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत कर्णाली प्रदेशलाई कुल १७ अर्ब २० करोड ८२ लाख रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गर्नेछ । जुन चालुतर्फ १३ अर्ब पाँच करोड ९ लाख र पुँजीगततर्फ ४ अर्ब १५ करोड रहनेछ ।

संघिय अनुदान, प्रदेशको खर्च हुन नसकेको बजेट गरेर चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष करिब डेर अर्ब बढी बजे ल्याउने तयारी गरिएको बताइएको छ ।

 

 


सम्बन्धित समाचार