६, असार काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।
सबै टोलीले एकएक खेल्न बाँकी छ । हेड टु हेडका आधारमा अगाडि हुँदा अमेरिका समूह विजेता बन्ने निश्चित भएको हो ।
















