Logo

 ९ असार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि प्रहरीले दुई जना भान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) रामेश्वर पौडेलले घटनाबारे बुझ्नका लागि दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्। उनले भने, “के भएको हो भन्ने विषयमा जानकारी लिन दुई जनालाई बोलाएर अनुसन्धान गरिरहेका छौं।”

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले चितवनस्थित विमानस्थल अगाडिको एक होटलमा अम्लेट खाएका थिए। सो क्रममा अम्लेटभित्र माछाको काँडा भेटिएपछि उक्त काँडा कसरी खानामा पुग्यो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ।

गृहमन्त्री गुरुङ हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनमा रहेका छन्। घटनापछि सुरक्षासम्बन्धी संवेदनशीलता र खानाको तयारी प्रक्रियाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै