Logo

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय समितिका लागि उम्मेदवारी दिएका आकांक्षीहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार कुल ३८४ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारमाथि दाबी–विरोधका लागि साँझ ५ बजेसम्मको समयसीमा तोकिएको छ ।

निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले दाबी–विरोधको प्रक्रियापछि आवश्यक परिमार्जनसहित उम्मेदवारको अन्तिम नामावली साँझ ६स्३० बजे प्रकाशन गरिने जानकारी दिएका छन् ।

सोही तालिका अनुसार राति ७ः३० बजेबाट मतदान सुरु हुने र करिब ४ घण्टामा मतदान कार्य सम्पन्न गरिने तयारी छ । मतदान सकिएको दुई घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी पार्टीले महाधिवेशनको कार्यतालिका तय गरेको छ ।


सम्बन्धित समाचार