१२ असार, बारा । बाराको कलैया उपमहानगरपालिका–२७, बरवा मा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिला घाइते भएकी छन् ।
शुक्रबार साँझ करिब ५:३० बजे स्थानीय शिवनाथ सहनीकी श्रीमती ४२ वर्षीया लिलावती देवी आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटरबाट पानी लगाउने क्रममा खेतमा पानी हेर्न जाँदा अचानक करेन्ट लागेर घाइते भएकी हुन् ।
करेन्ट लागेर घाइते भएकी लिलावती देवीको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















