Logo

१३ असार,काठमाडौं । सरकारले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई स्थान खाली गर्न दिएको निर्देशनको विरोधमा उनीहरूले आज प्रदर्शन गर्ने भएका छन्।

सुकुमवासीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकाल्ने कार्यक्रम तय गरेका छन्।

सरकारले विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुमवासीलाई आगामी १९ असारभित्र स्थान खाली गर्न निर्देशन दिएको छ। उक्त निर्णयले आफूहरूलाई वैकल्पिक व्यवस्थाविना विस्थापित गर्न खोजिएको भन्दै सुकुमवासीहरूले विरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा सरकारसँग होल्डिङ सेन्टर खाली गर्ने निर्णय फिर्ता लिन, उचित आवासको व्यवस्था गर्न तथा सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरिने जनाइएको छ।

सरकारको निर्देशन र त्यसको विरोधस्वरूप हुन लागेको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा केही समय सवारी आवागमन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार