Logo

१३ असार,काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको जानकारी दिएकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताएकी हुन्।

उनका अनुसार सोही प्रक्रियाअनुसार तुलसी सहकारीका १५८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो।

मन्त्री रावलले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार चरणबद्ध रूपमा फिर्ता गर्ने काम जारी रहेको उल्लेख गरेकी छन्।

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रभावकारी बनाउन सम्बन्धित निकायमार्फत ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई निरन्तर अघि बढाइरहेको पनि मन्त्री रावलले बताएकी छन्।


सम्बन्धित समाचार
भर्खरै