Logo

१३ असार,काठमाडौं । देशभर बर्डफ्लुको संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले भाइरसको आनुवंशिक संरचना (Genetic Structure) पहिचान गर्ने काम सुरु गरेको छ । हालसम्म देशका ११ वटा जिल्लाका ८२ स्थानमा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । संक्रमण फैलिने क्रम नरोकिएपछि पशुसेवा विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसमा कुनै आनुवंशिक परिवर्तन (Mutation) भए-नभएको पत्ता लगाउन ‘जिन विश्लेषण’ (Gene Sequencing) सुरु गरेको हो ।

विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा देखिएको बर्डफ्लु भाइरसको नमुना संकलन गरेर यो विश्लेषण भइरहेको छ । यस प्रक्रियाबाट भाइरस कुन प्रजाति (किसिम) को हो र यो कहाँबाट भित्रिएको हो भन्ने कुराको वैज्ञानिक पुष्टि हुनेछ । यदि भाइरसमा नयाँ भेरियन्ट (उत्परिवर्तन) देखिएमा यो थप संक्रामक हुन सक्ने र त्यसले खोप तथा उपचार विधिमा समेत परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउन सक्ने प्राविधिकहरू बताउँछन् ।

काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका कतिपय क्षेत्रमा संक्रमण अझै पनि निरन्तर देखिइरहेकाले ती क्षेत्रहरूमा विशेष निगरानी र ‘सर्भिलेन्स’ बढाइएको पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
भर्खरै