Logo

१८ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी संगठनको उच्च तहमा यो महत्त्वपूर्ण हेरफेर गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी दिँदै सरुवाको प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन् ।

यद्यपि, सरुवा गरिएका एआईजीहरूको नाम र उनीहरूलाई तोकिएको नयाँ जिम्मेवारीका बारेमा भने मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। प्रहरी प्रधान कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि सरुवाको सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार