Logo

१८ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफ्नो प्राज्ञिक नेतृत्वलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एकेडेमिक काउन्सिलमा चार जना विज्ञ सदस्यहरू नियुक्त गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिषद्को शैक्षिक नीति निर्माण र गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उक्त काउन्सिलमा डा.अमृता शर्मा (आईटी नीति विज्ञ), विरेन्द्रराज पाण्डे (अध्यक्ष, नेपाल उद्योग परिसंघ), डा. दिपेश्वरमान श्रेष्ठ र प्रमिला रानालाई सदस्य पदमा नियुक्त गरेको हो ।

सीटीईभीटीको शैक्षिक तथा प्राज्ञिक क्षेत्रको सर्वोच्च निकाय मानिने एकेडेमिक काउन्सिलले पाठ्यक्रम विकास, नयाँ प्राविधिक कार्यक्रमहरूको स्वीकृति तथा शैक्षिक गुणस्तर सुनिश्चितताका लागि मार्गनिर्देशन गर्ने गर्दछ ।

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई सफल बनाउन नयाँ नियुक्त सदस्यहरूको अनुभव र विशेषज्ञताले दीर्घकालीन नीतिगत सुधारमा विशेष योगदान पुर्‍याउने विश्वास लिइएको छ।


सम्बन्धित समाचार