Logo

२२ असार, काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि यात्रा (शवयात्रा) सोमबार बिहान राजधानी तेहरानमा सुरु भएको छ ।

ग्रान्ड मोसल्लाबाट सुरु गरिएको उक्त शवयात्रामा ठूलो संख्यामा आम नागरिक, सरकारी उच्च अधिकारी, धार्मिक नेता तथा सैन्य नेतृत्वको उपस्थिति रहेको छ । करिब १० किलोमिटर लामो रुट तय गरिएको यो शवयात्रा सम्पन्न गर्न १० देखि १२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

इरानी अधिकारीहरूका अनुसार, राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । शवयात्रापछि खामेनीको पार्थिव शरीरलाई थप धार्मिक अनुष्ठानका लागि कोम सहर लगिने कार्यक्रम रहेको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परेर खामेनीको उनको परिवारसहित निधन भएको थियो । इरानको आधुनिक इतिहासमा प्रभावशाली व्यक्तित्वका रूपमा रहेका खामेनीको बिदाइमा यतिबेला तेहरान सहर भावुक देखिएको छ । शवयात्राको क्रममा इरानी सडकहरू शोकाकुल जनताले भरिएका छन् भने देशको सुरक्षा अवस्थालाई उच्च सतर्कतामा राखिएको छ ।


सम्बन्धित समाचार