Logo

२३ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ ।

निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा ३ अनुसार प्रत्येक आर्थिक वर्षमा इजाजतपत्र नवीकरण गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८२–८३ का लागि २०८२ साल चैत्र मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने म्याद तोकिए तापनि उक्त अवधिभित्र प्रक्रिया पूरा नगरेका कम्पनीहरूको इजाजतपत्र निर्माण व्यवसाय ऐनको दफा ७ को उपदफा ३ बमोजिम ुस्वतः खारेजु भएको मन्त्रालयले जनाएको छ ।

खारेज गरिएका कम्पनीहरूको सूचीमा ‘क’ देखि ‘ग’ वर्गसम्मका निर्माण व्यवसायीहरू समावेश रहेका छन् । खारेज भएका केही प्रमुख कम्पनीहरूमा जेथी कन्स्ट्रक्सन प्रा.लि., सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रा.लि., जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., चेतना कन्स्ट्रक्सन प्रा.लि., र सप्तकोशी जलाधार निर्माण कम्पनी प्रा.लि. लगायत रहेका छन् ।

मन्त्रालयले खारेज भएका सम्पूर्ण फर्म तथा कम्पनीहरूको विस्तृत विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।


सम्बन्धित समाचार