Logo

२४ असार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि जडान हुन नसकेको क्याथ ल्याब (Cath Lab) मेसिन अन्ततः जडानको अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उपकरण जडानको काम अन्तिम अवस्थामा पुगेको छ।

२०७६ चैतमा खरिद गरिएको उक्त क्याथ ल्याब मेसिन विभिन्न कारणले हालसम्म सञ्चालनमा आउन सकेको थिएन। अब जडान प्रक्रिया पूरा हुने चरणमा पुगेपछि नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशका साथै आसपासका जिल्लाका बिरामीले मुटुसम्बन्धी जाँच तथा उपचारका लागि काठमाडौं वा अन्य स्थान धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम हुनेछ।

यस सेवाबाट मुटुरोगका बिरामीले आफ्नै प्रदेशमा गुणस्तरीय, सहज र समयमै उपचार सेवा पाउने अपेक्षा गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार