Logo

२६ असार, काठमाडौं । सुकुम्वासी समस्या र उनीहरूको पछिल्लो अवस्थाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले सुकुम्वासीहरूको समस्याबारे आफू जानकार रहेको र यो विषयमा निकै गम्भीर रहेको प्रतिक्रिया दिएका हुन् ।

सञ्चारकर्मीले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भई हाल होल्डिङ सेन्टरबाट समेत हटाइन लागेका सुकुम्वासीहरूको दयनीय अवस्था र उनीहरूको बासस्थानको समस्याबारे प्रश्न उठाएपछि लामिछानेले यस्तो धारणा राखेका हुन्। लामिछानेले छोटो प्रतिक्रिया दिँदै भने, “यो विषयमा म एकदमै गम्भीर छु । धेरै नै गम्भीर छु, मैले अवस्था बुझेको छु ।”

पछिल्लो समय काठमाडौँका विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्वासीहरूलाई सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरबाट समेत अन्यत्र जान भनिएपछि उनीहरू थप बिचल्लीमा परेका छन् ।

खानबस्नको समेत जोहो गर्न नसकी सडकमा आउनुपर्ने बाध्यतामा रहेका सुकुम्वासीहरूको पीडा र सरकारको फितलो व्यवस्थापनलाई लिएर भइरहेको आलोचनाका बीच लामिछानेको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै