Logo

 २६असार,काठमाडौं । नेकपा (एमाले) ले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभएको बताउँदै यसको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।

उनले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको निधन मात्र नभई राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउने घटना भएको उल्लेख गरिन्।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ सांसद सुब्बाले संसद्मा भनिन्।

उनले ट्राफिक जरिवानासम्बन्धी सरकारी नीतिको समेत समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले लागू गरेको जरिवाना प्रणाली उचित छ वा छैन भन्ने विषयलाई गणेश नेपालीको घटनासँग जोडेर गम्भीर रूपमा मूल्याङ्कन गर्न सरकारसँग आग्रह गरिन्।

सांसद सुब्बाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र प्रभावकारी छानबिन गर्नुपर्ने माग गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सरकारसँग आग्रह गरिन्।

गणेश नेपालीको मृत्युको घटनापछि संसद्मा सरकारको भूमिकाबारे प्रश्न उठ्दै आएको छ भने विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग गरिरहेका छन्।


सम्बन्धित समाचार