Logo

२८ असार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमानस्थल परिसरभित्रै पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेका प्रसाईंलाई प्रहरीले बीचमै रोकेर आफ्नै गाडीमा हाली भक्तपुरस्थित उनको निवास पुर्‍याइदिएको हो ।

पछिल्लो समय आफ्ना आन्दोलन र अभिव्यक्तिका कारण चर्चामा रहने प्रसाईंलाई सुरक्षा संवेदनशीलताका कारण विमानस्थलबाट हटाइएको प्रहरीको दाबी छ ।

विमानस्थलमा बोल्न पाएनन्, घर पुगेपछि आक्रोश

प्रहरीको भ्यानबाट ओर्लेर भक्तपुरस्थित आफ्नै घर पुगेपछि व्यवसायी प्रसाईंले सञ्चारकर्मीहरूसँग आफ्नो आक्रोश पोखेका छन् । उनले राज्यले आफ्नो आवाज दबाउन खोजेको आरोप लगाउँदै भने, ूमलाई विमानस्थलमा बोल्नै दिइएन ।

प्रहरीले बलपूर्वक पक्रेर भ्यानमा हाल्यो र अहिले सिधै घरमै ल्याएर छाडिदिएको छ ।ू विमानस्थल जस्तो संवेदनशील ठाउँमा आफूलाई आफ्ना कुरा राख्न समेत बञ्चित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

तनावको कारण र प्रहरीको कदम

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार विमानस्थलको आन्तरिक वा बाह्य टर्मिनल क्षेत्रमा भीडभाड र पत्रकार सम्मेलन गर्न नपाइने नियमका कारण उनलाई नियन्त्रणमा लिनुपरेको हो ।

प्रसाईं भने केही समयअघि आत्मदाह गरेका गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै ओर्लिएर विशेष सम्बोधन गर्ने तयारीमा थिए ।

तर, उनी बोल्न नपाउँदै प्रहरीले उनलाई सुरक्षा घेरामा लिएर विमानस्थल परिसरबाट बाहिर निकालेको थियो ।


सम्बन्धित समाचार