Logo

२८ असार, चितवन । चितवन प्रहरीले बालबालिकाविरुद्धको कसुर आरोपमा खैरहनीका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका–१० बस्ने ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई १७ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार खैरहनीस्थित ‘ होटल नमस्ते मिलिजुली खाजा घर ’ मा कार्यरत ती बालिकालाई सञ्चालक श्रेष्ठले गत असार ११ गते होटलको कोठामा बोलाएर आर्थिक प्रलोभन देखाउँदै अनुचित प्रस्ताव राखेका थिए ।

श्रेष्ठले बालिकालाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्दै ५० हजार रुपैयाँ दिने लोभ देखाएको र बालिकाले अस्वीकार गर्दागर्दै पनि योजनाबद्ध रूपमा उनको संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यति मात्र नभई, श्रेष्ठले पीडित बालिकाको ह्वाट्सएप र इन्स्टाग्राम अकाउन्टमा आफ्नै सामाजिक सञ्जालमार्फत अश्लील शब्दसहितका सन्देश तथा अश्लील भिडियोहरू पठाएर मानसिक तनाव समेत दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाबारे असार २७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी परेपछि प्रहरी टोलीले तत्कालै एक्सन लिएर श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठविरुद्ध बालबालिकाविरुद्धको कसुरसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान अघि बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै