Logo

२९ असार, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली हुनुभएको छ ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुनः आफ्नो जिम्मेवारीमा फर्किनु भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असार २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पहाडीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो । यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा पर्नुभएको थियो ।

पदबहालीका क्रममा आयोजित विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताउनु भयो ।

अबका दिनमा आन्तरिक पक्षका साथै बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारको भावना र मार्गनिर्देशन अनुरूप अविचलित भई टेलिकमप्रति जनताको आस्था र बजारको साखलाई थप सुदृढ बनाउने उहाँको योजना छ।

र्यालले टेलिकमको सेवालाई अझ बढी ग्राहक मैत्री बनाउने संकल्प गर्दै कम्पनी आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न सदैव प्रतिबद्ध रहने बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । तर असार २५ को फैसलामा विशेष अदालतले बिलिङ प्रणाली खरिद प्रक्रियामा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो ।


सम्बन्धित समाचार