Logo

Ai generator image

३२ असार,वीरगञ्ज । बाराको कोल्हबी नगरपालिका–८ मिलनचोकमा करेन्ट लागेर एक जना वेल्डिङ कामदार घाइते भएका छन्।

बुधबार बिहान करिब ८:३० बजे कोल्हबी नगरपालिका–८ मिलनचोकस्थित बिश्वेश्वर प्रसाद कोइरालाको घरमा काम गर्ने क्रममा स्थानीय नयाँबस्ती टोल निवासी अन्सारुल हकका छोरा ३२ वर्षीय नवसाद आलम करेन्ट लागेर घाइते भएका हुन्।

प्रहरीका अनुसार वेल्डिङको काम गर्ने क्रममा फलामको पाइप उठाउँदा नजिकै रहेको ११ हजार भोल्ट क्षमताको विद्युत् तारमा पाइप छोइएपछि आलमलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका आलमलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। हाल उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

घटनाबारे अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत बिहान करिब १०:५० बजे प्रहरी चौकी मधुवनमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विसम्बर नाथ मिश्राको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै