३२ असार, काठमाडौँ । विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) हेरफेर हुने भएको छ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको छ।
काजमा सर्वोच्च अदालतमा रहेका उच्च अदालतका न्यायाधीश आचार्यलाई बिहीबार तुलसीपुर सरुवा गर्न सिफारिस गरिएको छ। त्यहाँबाट फेरि विशेष ल्याउन लागिएको हो।
यसअघिका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गर्न सिफारिस गरिएको छ।
उच्च अदालत जनकपुर दरबन्दी भएका भट्ट काजमा विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत थिए।



















