१ साउन, काठमाडौँ । सहकारी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्य विशेष अदालतको अध्यक्षमा नियुक्त हुनुभएको छ ।
न्याय परिषदले गरेको निर्णयअनुसार आचार्यलाई अध्यक्षमा तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो। अब मन्त्रिपरिषदले पदस्थापनको निर्णय गर्नेछ।
यसअघि आचार्य उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत थिए। बुटवलमा हुँदा उनी र अर्का न्यायाधीश तेजनारायण पौडेलको इजलासले २०८२ पुस ३ गते सुनुवाइ गर्दै सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा धरौटी राखेर छाड्न आदेश दिएको थियो।
इजलासले बैंक ग्यारेन्टी २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्ने र बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको थियो। उक्त आदेश पछि रवि लामिछाने पुर्पक्षका लागि थुना बाहिर छन्।
११ महिनामै नेतृत्व परिवर्तन
न्यायपरिषदले करिव ११ महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको छ । गत वर्ष भदौमा जिम्मेवारी पाएका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरेको हो ।
उनको ठाउँमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सिफारिस गरिएको छ । सरकारले न्यायपरिषदको परामर्शमा विशेष अदालतको अध्यक्ष तोक्ने कानूनी व्यवस्था छ ।


















