Logo

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले आज सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगर अन्र्तगतका विद्यालय सञ्चालन हुने समयमा एकरुपता नआएको भन्दै यहि जेठ १ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयलाई महानगरले बिहानी कक्षा सुरु गर्न अनुरोध गरेको हो ।

त्यस्तै हाल कक्षा १२ को परिक्षा चलिरहेकोले केही विद्यालयका परिक्षा केन्द्र तोकिएको हुँदा ती विद्यालयलाई परिक्षाको समयावधिको लागि मात्र हुने गरी अनुकुल समय पठनपाठन सञ्चालन गर्ने÷ गराउने व्यवस्था मिलाउन समेत सूचना मार्फत आग्रह गरिएको हो ।


सम्बन्धित समाचार