Logo

६ साउन, हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र पार्टी केन्द्रको निर्देशानुसार एमालेका छ जना मन्त्रीहरूले मङ्गलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा पेस गरेका हुन् ।

बागमती सरकारमा एमालेका तर्फबाट कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाका साथै बिनाविभागीयबाट विषयगत जिम्मेवारी पाएका मन्त्रीहरू जयराम थापा, किरण थापामगर र भरतबहादुर केसी सहभागी थिए ।

एमालेको बहिर्गमनसँगै प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गर्ने गरी नयाँ ‘सङ्गठन तथा व्यवस्थापन संरचना’ अनुसार कार्यविभाजन टुङ्गो लगाउने तयारी अघि बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै