Logo

६ साउन, काठमाडौं । बागमती प्रदेशको राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छ, जहाँ नेकपा (एमाले) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएको छ ।

एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पुगी नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठित यस सरकारलाई दिएको समर्थन साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिएको पत्र बुझाएका छन् ।

केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार सबै सातै प्रदेशमा नेकपा र एमालेको नयाँ गठबन्धन निर्माण गर्ने तयारी स्वरूप यो कदम चालिएको हो ।

समर्थन फिर्तासँगै यसअघि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए ।


सम्बन्धित समाचार