Logo

फाइल तस्बिर

३० वैशाख,सेढवा ।लामो सययदेखि पानी नपरेकाले खुख्खाका कारण जमिनमुनिका पानीको सतह घट्दै गएका छन। जसका कारण पर्साका ग्रामीण भेगका चापाकल तथा बोरिंग सुक्ने क्रम बढेका छन। खास गरि जिल्लाको ठोरी गाँउपालिकाको बिभिन्न बस्तीहरुमा चापाकल र बोरिङ्गहरु सुक्न थालेका जनाइएका छन।

ठोरी गाउपालिका वडा नं ५ मा रहेका गडुवालाईन, क्षेत्रीलाईन, बाघमोर्चा, आठघरे, बुद्धटोल, वडा नं ४ मा पर्ने बिजयबस्ती, गोपीबस्ती,मालीबस्ती लगायतका क्षेत्रमा चापाकल र बोरिंग सुकेका छन र पानी कम भएका छन।ठोरी गाँउपालिका वडा नं ५ गडुवालाईन निवासी देवी प्रसाद दहालका अनुसार साठी फिट लामो पाइप जडान भएका बोरिंग तथा इनार सुकेको बताए।

कुनै कुनै बोरिंग नसुके पनि दमकल तथा वाटर पम्पबाट पानी तान्न नसकिएको दहालको भनाई रहेका छन। पानी तात्न दमकल वा वाटर पम्पलाई बोरिंग संगै १२÷१५ फिट खाल्डो खनी राखेर किसानहरुले पानी तानेको दहालले बताए।

सो टोल निवासी गृहिणी कृष्णमाया श्रेष्ठले चापाकल पाच मिनादेखि सुकेको बताईन। त्यस्तै सोही वडाको क्षेत्रीलाईन निवासी शकर बुढाथोकीले खेतमा रहेको बोरिंग नसुके पनि २५ प्रतिशत पानी कम भएको बताए।

उता ठोरी गाउपालिका वडा नं ४ निवासी रामबहादुर श्रेष्ठले बोरिंग बाट आउने आउने पानी आधा कम भइसकेका बताए। सिचाईमा उत्पन्न समस्याका कारण अहिले लगाएका बाली उखु, सुर्ती र मकैबाली नै सुक्न लागेका श्रेष्ठले बताए।

वडा नं ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जमिन मुनीको पानीको सतह घटेका कारण समस्या उत्पन्न भएको बताए। पानी सुकेपनि खानेपानीका लागि लागि ओभरहेट टंकी र डिप बोरिंगमा समरसेलबाट आपूर्ती भइरहेको वडाध्यक्ष लोप्चनले बताए।


सम्बन्धित समाचार