Logo

८ साउन, काठमाडौं । धनुषाको ढल्केबरमा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् ।  शुक्रबार ढल्केबर-जनकपुर सडकखण्डमा जाँचका क्रममा प्रहरी टोलीसँग जम्काभेट भएपछि उनीहरू भाग्न खोजेका थिए। भाग्न लागेका संदिग्धहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुवास बोहराले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन ९ब्राउन सुगर० समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएका भारतीय नागरिकद्वयमाथि लागुऔषध ऐनअनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार