९ साउन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा ३ महिलासहित कुल ६० जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए।
कार्यक्रममा रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगर कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानु, रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मुस्कान दाहाल, होम प्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्क बहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर तथा करण आचार्य लगायत सहभागी रहेका थिए।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह-कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे लगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।




















