Logo

१२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक (आउट) भएको प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई नियन्त्रणमा लिएको हो ।

यस गम्भीर प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएसँगै पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ । एमबीएसको प्रश्नपत्र बाहिरिएपछि सीआईबीले सूक्ष्म अनुसन्धान थालेको थियो, जसक्रममा यसअघि नै दुई जनालाई नियन्त्रणमा लिइसकिएको थियो ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका आरोपीहरूविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी गहन अनुसन्धान अघि बढाइएको छ । परीक्षाको गोपनीयता भङ्ग गर्ने गिरोहका अन्य सदस्यहरूको समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार