Logo

२ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले १८ लाखभन्दा बढि मूल्य बराबरको बेरिङ्ग लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले बिलबिजकभन्दा बढी सामान सहितको बिआर ०५ जिए १९४६ भारतिय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले आईसिपी गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको सूचनाको आधारमा ट्याक्टर चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा वीरगञ्ज–२५ चण्डाल चौकस्थित सडकखण्डबाट उक्त ट्याक्टरमा विभिन्न बेरिङ्ग लोड गरिएको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

बरामद बेरिङ्गको मूल्याङकन १८ लाख २२ हजार ३ सय ४७ रुपैयाँ कायम गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको ट्याक्टर सहित बेरिङ्गलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार